हेर्नुस् मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यूरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २५ पैसा रहेको छ । त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ ।
मंगलबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० ०७:१६