News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण : सोमबार राति बनाइएको कार्यदलको बैठक बस्दै

काठमाडौं— सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरूले मंगलबार त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएका छन् ।

सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो ।

सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ,नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।

सो कार्यदलको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । सोही बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदा तयार पारेर मंगलबार दिउँसो बस्ने शीर्ष नेताहरूको बैठकमा पेस गर्ने छ । शीर्ष नेताहरूको बैठक दिउँसो २ बजे बोलाइएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:२७
Weather Update