News Griha :: न्यूजगृह
राष्ट्रपतिको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बस्दै

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बस्दै छ ।

राष्ट्रपति पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद् अवरोधका विषयमा छलफल गर्न लागेका हुन्  ।

पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन् । यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग कुराकानी गरेका थिए ।

गत साउन १० गतेयता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राखेकाे छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:०४
Weather Update