काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महत ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् ।
क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औं सभामा भाग अर्थमन्त्री महत आइतबार राति साढे ९ बजे क्यानडा प्रस्थान गरेका हुन् ।
अर्थ मन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् ।
वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थ मन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री महत उक्त सभामा भाइस प्रेसिडेन्टका रूपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ । उक्त सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ ।
अर्थमन्त्री महत करिब १ साता क्यानडामा रहने छन् ।