प्रस्तावित शिक्षा ऐन : विभिन्न नेताहरूलाई भेटेर ध्यानाकर्षण गराउँदै महासंघ

काठमाडौं— नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न पार्टीको शीर्ष नेताहरूलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएको छ ।
सो क्रममा आइतबार महासंघले नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा भेटेर ध्यानाकर्षण बुझाएको हो ।
प्रस्तावित शिक्षा ऐनमा शिक्षक तथा कर्मचारीका माग समेट्न लविङ गर्न आग्रह गर्दै महासंघले ध्यानाकर्षण गराउने क्रम जारी राखेको छ ।
त्यसैगरी महासंद्धले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पनि सोही मागबारे ध्यानाकर्षण गराएको छ ।
कृष्ण गोपाल श्रेष्ठ, वर्षमान पुन,भानुभक्त ढकाल, पार्वत गुरुङलगायतलाई पनि महासंघले ध्यनाकर्षण गराएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १९:३२













