News Griha :: न्यूजगृह
जुम्लामा उठ्यो ४७ करोड बढी राजस्व

जुम्ला— जिल्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा ४७ करोड बढी राजस्व संकलन गरेको छ । 

सदरमुकाम खलंगास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९-८० मा वार्षिक राजस्वको लक्ष्य ४७ करोड ५६ लाख रुपैयाँ रहेकामा ४७ करोड २६ लाख रुपैयाँ संकलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो ।

‘यस कार्यालयको राजस्व संकलनको अवस्था राम्रो रहेको छ’, सूचना अधिकारी उपाध्यायले भने, ‘आव ०७८-७९ को तुलनामा सात करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ ।’

विभिन्न शीर्षकबाट उक्त राजस्व संकलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ थियो । उनका अनुसार कार्यालयको कार्य क्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता संख्या बढेका छन् । 

कूल १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने  करिब १२ हजार व्यक्तिगत रुपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:१३
Weather Update