काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा २२ अंकको गिरावट आएको छ ।
आइतबार कारोबारपछि नेप्से परिसूचक २१ दलमलव ९१ अंकले गिरावट आउँदै दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो ।
कूल २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता शेयर ४३ हजार ३४६ पटक खरिद बिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार सबै समूहको उपसूचक रातो देखिएको छ ।
आज कारोबारमा २९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९० कम्पनीको शेयर मूल्य घटेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ५७ अंकले बढेको छ ।
सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर–२०८३ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छ करोड ६३ लाख एक हजार ७० बराबरको शेयर किनबेच भएको छ ।