काठमाडौं— हरियो तरकारीको मूल्यमा बिहीबार घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बिहीबार नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ ।
लोकल सानो गोलभेँडाको मूल्य बुधबारको तुलनामा ७ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । सोही गोडभेँडा बुधबार प्रतिकेजी ८२ रुपैयाँमा किनबेच भएको थियो ।
रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । बिहीबार स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर ७० रुपैयाँ पुगेको छ । कन्य च्याउको मूल्य बुधबारको तुलनामा २० रुपैयाँ घटेर प्रतिकेजी १८० रुपैयाँ रहेको छ ।
डल्ले च्याउको मूल्य ४०० रुपैयाँमा स्थिर छ । गाँजरको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ । गाँजर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०,मकै बोडी ७०,भटमासकोशा ९० रुपैयाँ तोकिएको छ ।
तितो करेला ५०, लौका ६०, परवल ६०, घिरौंला ३५, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०, भिण्डी ९०,स्कुस ७०, प्याज हरियो १५०,रायो साग ११०, कुरीलो ५०० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ ।
केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य बुधबारको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १२०,अनार प्रतिकेजी ४० रुपैयाँले घटेर बिहीबार २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।
तरबुजा हरियो ७०, मौसम १४०,कालो अंगुर ४०० र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।