आईपीओ निष्कासन गर्दै सन नेपाल लाइफ
काठमाडौं— सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिहीबारदेखि निष्कासन गरेको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयरमा आवेदन खुला गरेको छ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० ०६:२७