News Griha :: न्यूजगृह
एअरपोर्टबाट दैनिक सुन बगिरहेको छ, १०० किलो सुन ६१ मा झरिसक्यो : ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय आयोग बनाउन सरकारले नदिँदा १०० किलो सुन ६१ किलोमा झारिएको बताएका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफललाई सम्बोधन गर्दै ओलीले सिनामंगलमा बरामद सुन १०० किलोबाट ६१ किलोमा कसरी झर्‍यो भन्दै प्रश्न गरेका छन् । 

उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको उनको भनाइ छ । उनले भने,‘आयोग बन्न नदिँदा १०० सय किलो सुन ६१ किलोमा झर्‍यो । त्यसैले यो आयोग बन्न दिइएको छैन ।’

एमालेले आयोग गठनको माग गर्दै संसद् अवरोध गरिरहेको छ । अध्यक्ष ओलीले अहिले एअरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गरे । ‘एअरपोर्टबाट सुन बगिरहेको छ । अरू खुला भन्सारको अवस्था झन् कस्तो होला ?’ उनले प्रश्न गरे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:३१
Weather Update