News Griha :: न्यूजगृह
चौधरी समूहले हडपेको बाँसबारी जग्गा सरकारको नाममा फिर्ता
चौधरी समूहले हडपेको बाँसबारी जग्गा सरकारको नाममा फिर्ता नेपाल सरकारका नाममा बुधबार कायम भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर ५८ को जग्गाको क्षेत्रफल ४८७ वर्गमिटर उल्लेख छ। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी जग्गा हडपिएको सम्बन्धमा अनुसन्धान गरेको थियो।
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ? विश्वका राहदानी र्‍याङकिङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहदानी ९८औं स्थानमा रहेको छ।
‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्
‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन् वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आएकी छन्। असार २३ गते राति कनकट्टी खोलामा आएको बाढीले घरभित्रको सबै सामान बगाएर लगेपछि धामी विद्यालयमा बस्दै आएकी हुन्।
संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण
संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ। घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो। 
माइक्रोसफ्ट डाउन: विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या
माइक्रोसफ्ट डाउन: विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम नगरेको जनाएको छ।
म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ केही दिनमै ‘ब्रेक थ्रु’
म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ केही दिनमै ‘ब्रेक थ्रु’ घुमाउनेतालबाट ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ। कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो।
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले ड्रागन फ्रुट (सिउँडी फल) बिक्रीबाट गत वर्ष १६ लाख रुपैयाँ आम्दानी गरेकी छन्। ९ रोपनी क्षेत्रफलमा लगाइएका २ हजार १ सय बिरुवाबाट उनले १६ लाख रुपैयाँ  आम्दानी गरेकी हुन्।
माइक्रोसफ्ट डाउन: विश्व अर्थतन्त्रमा उथलपुथल
माइक्रोसफ्ट डाउन: विश्व अर्थतन्त्रमा उथलपुथल लाखौं कम्प्युटरहरू अचानक बन्द भएका छन्, जसको असर हजारौं उडानहरू रद्द वा ढिलाइ भए भने बैङ्किङ प्रणाली धराशायी भयो, स्वास्थ्य सेवा प्रभावित भयो, सञ्चारमाध्यमको प्रसारण बन्द भयो, व्यापार जगत समस्यामा पर्यो। अमेरिकामा मात्रै ९११ सेवा अवरुद्ध भएका छन्।
नेपाल पोलियोमुक्त भएको १० वर्षपछि काठमाडौंको ढलमा भेटियो पोलियो भाइरस
नेपाल पोलियोमुक्त भएको १० वर्षपछि काठमाडौंको ढलमा भेटियो पोलियो भाइरस उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ। परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए।
उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी
उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। भक्तपुरका अर्जुन बास्कोटाले रानाविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्।
वर्षाले सडक बन्द भएपछि सुनसान बने बागलुङका होमस्टे
वर्षाले सडक बन्द भएपछि सुनसान बने बागलुङका होमस्टे वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन्। असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै होमस्टेमा पाहुनाको आगमन नहुँदा सुनसान बनेका हुन्। 
गत आवमा १४ हजारभन्दा बढी महिला पदयात्रीले गरे गोसाइँकुण्ड क्षेत्र अवलोकन
गत आवमा १४ हजारभन्दा बढी महिला पदयात्रीले गरे गोसाइँकुण्ड क्षेत्र अवलोकन लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्र अवलोकनका लागि गत आर्थिक वर्षमा चौध हजार भन्दाबढी महिला पैदलयात्रीले भ्रमण गरेका छन्। 
Weather Update