News Griha :: न्यूजगृह
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

काठमाडौं—  नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ।

विश्वका राहदानी र्‍याङकिङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहदानी ९८औं स्थानमा रहेको छ।

यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ स्थानमा रहेको थियो। यस वर्ष नेपाल ३९ (अर्थात ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन) अंकसहित ९८औं स्थानमा आएको छ।

यस सूचीमा जापानलाई उछिन्दै सिङ्गापुर शीर्ष स्थानमा आएको छ। सिङ्गापुर १९५ अंकसहित शीर्ष स्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन्।

त्यस्तै यस सूचीमा बेलायत १९० अंकसहित चौथो स्थानमा छ भने अमेरिका १८६ अंकसहित आठौँ स्थानमा छ। त्यसैगरी छिमेकी देश चीन ८५ अंकसहित ५९औ स्थानमा छ भने भारत ५८ अंकसहित ८२औ स्थानमा रहेको छ। यस सूचीको अन्तिममा २६ अंकसहित अफगानिस्तान रहेको छ।

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ। सूचकाङ्क पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ। हेन्ले पासपोर्ट भिसा सूचकाङ्क वेबसाइट अनुसार, वास्तविक-समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ। भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ। 

कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्‍याङकिङ निर्धारणगरिन्छ।

यसका लागि उनले अग्रिम भिसा लिनु पर्दैन। यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन्। यसको मतलब कुनै निश्चित देशका मानिसहरू भिसा बिना पनि त्यस देशमा जान सक्ने नीतिलाई पनि आधार बनाइने जनाइएको छ।  

विश्व राहदानीको वरियता हेर्न यहाँ क्लिक गर्नुहोला। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:४६
Weather Update