मुकुलको आरोपः डीपी अर्यालले पार्टीको नाममा आएको पैसा आफैँ राख्छन् बुधबार, असार २६, २०८१

दोहोरो अंकले बढ्यो नेप्से बुधबार, असार २६, २०८१ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अंकले बढेको छ। आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो।

शिक्षामन्त्रीको स्पष्टीकरण: मसँग नेपाल बाहेक कुनै देशको पीआर र नागरिकता छैन बुधबार, असार २६, २०८१ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पोल्याण्डको नागरिकता लिएको भन्ने विषयमा स्पष्टीकरण दिएकी छिन्। पोल्याण्डका नागरिकसँग विवाह गरेकी श्रेष्ठले पनि त्यहीँको नागरिकता लिएको भन्ने समाचारहरु बाहिरिएको थियो। त्यसलाई बेवास्ता गरेकी शिक्षामन्त्री श्रेष्ठले पोल्याण्डको नागरिकता लिएको भन्दै परेको उजुरीको आधारमा राष्ट्रिय सतर्कता केन्द्रले उनलाई पत्र काटेको छ।
-1714642273.jpg)
चितवनमा मिटरब्याज सम्बन्धी ५९ वटा उजुरी दर्ता बुधबार, असार २६, २०८१ चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन्।

माओवादी केन्द्रको बैठक जारी, राजनीतिक घटनाक्रमबारे प्रचण्डको ‘ब्रिफिङ’ बुधबार, असार २६, २०८१ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ। केहीबेरअघि सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको हो। जारी बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरिरहेका छन्।

माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्ने २ जना पक्राउ बुधबार, असार २६, २०८१ माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन्।
-1716205509.jpg)
बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग कांग्रेसको माग बुधबार, असार २६, २०८१ नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढीपहिरो लगायत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार र राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै उद्धार र राहतको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरेका हुन्।
-1714474494.jpg)
नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ बुधबार, असार २६, २०८१ नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो।

बाढीमा फसेका स्वास्थ्यकर्मीको २ घण्टापछि सकुशल उद्धार बुधबार, असार २६, २०८१ सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ। चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत रहेका छन्।
-1719918594.jpg)
संविधानको धारा ७६(२) बमोजिम सरकार बनाउन कुनै बाधा छैनः एमाले बुधबार, असार २६, २०८१ नेकपा एमालेले संविधानको धारा ७६)३) बमोजिम नयाँ सरकार गठनका लागि कुनै संवैधानिक बाधा नरहेको स्पष्ट पारेको छ। आज बसेको सचिवालय बैठकमा सो विषयमा छलफल भएको थियो। बैठकपछि निर्णय सुनाउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले धारा ७६(२) बमोजिम सरकार बनाउन कुनै कानुनी जटिलता नभएको बताए। त्यस्तै अहिले संविधानको धारा ७६(२) वा (३)...

कर्णालीमा कृषि उत्पादन घट्यो बुधबार, असार २६, २०८१ कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालित छन्।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एमालेको ह्वीप बुधबार, असार २६, २०८१ नेकपा एमालेले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले असार २८ गते शुक्रबार संसद् बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिए।

अविरल वर्षापछि अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन बुधबार, असार २६, २०८१ पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ। मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।









