
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्यालले पार्टीको पैसा आफैँले राख्ने गरेको आरोप लगाएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले सो कुरा बताएका हुन्।
पार्टीले आर्थिक व्यवस्थापनको जिम्मा अर्याललाई दिएको र उनले बाहिरबाट पार्टीका नाममा आएको पैसा आफैँले राख्ने गरेको आरोप लगाएका हुन्।
‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’, ढकालको भने, ‘यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ। ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन।’
त्यस्तै आफूलाई पार्र्टीले गरेको कारबाहीको विधि प्रक्रिया नमिलेको समेत दाबी गरे।
आफूले जनताको कुरा पार्टीमा राख्दा पार्टीबाट निलम्बन भोग्नुपरेको बताउँदै पुनः जनताकोमा जाने समेत बताए।