News Griha :: न्यूजगृह
माओवादी केन्द्रको बैठक जारी, राजनीतिक घटनाक्रमबारे प्रचण्डको ‘ब्रिफिङ’

काठमाडौं— नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ। 

केहीबेरअघि सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको हो। 

जारी बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरिरहेका छन्। 

गत असार १७ गते राति नेकपा एमाले र कांग्रेसबीच नयाँ राजनीतिक समीकरण बनाउने सहमति भएसँगै त्यसबारे छलफलका लागि माओवादीले बैठक बोलाएको हो। 

एमाले लगायतका दलहरुले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आगामी शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन्। आजको बैठकमा सो विषयमा समेत छलफल हुनेछ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:१८
Weather Update