मिटरब्याज पीडित थप आक्रोशित, मागे गृहमन्त्री श्रेष्ठको राजीनामा [तस्बिरहरू]
मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।
मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन समेत गरिसकेको छ ।
तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १७:१०