News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

इलामको रोङ गाउँपालिका ३ स्थित मेची राजमार्ग नजिकै भूमापन केन्द्र छ । जङ्गलले घेरिएको डाँडालाई स्थानीयले ब्रिटिस डाँडा वा गुगल पोइन्ट भन्ने गर्छन । यो डाँडा पछिल्लो समय चर्चामा छ ।

युवाहरू हाइकिङ र साइक्लिङ गर्दै डाँडामा उक्लिन्छन् । १८२५ मिटर उचाइमा रहेको डाँडाबाट कञ्चनजंगा लगायतका हिमशृङखला साथै झिसमिसेमा सूर्योदय दृश्यावलोकन गर्न सकिन्छ । रमणीय तराईका फाँटहरू हेरेर रमाउन सकिन्छ । मेची लोकमार्गको नजिकै रहेको गुगल डाँडा चर्चित करसोङ पदमार्गसँग समेटिएको छ । पछिल्लो समय यो डाँडा पर्यटकहरूको रोजाइमा छ ।

तस्बिर: युवराज गौतम 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १३:४७
Weather Update