अमेरिकामा सुरु भयो मतदानमंगलबार, कात्तिक २०, २०८१
साउदी अरबमा भीषण हिमपात मंगलबार, कात्तिक २०, २०८१ साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ। देशको अल–जौफ मरुभूमिमा भीषण हिमपात भएको छ। यो क्षेत्रको इतिहासमा पहिलो पटक हिमपात भएको हो। सुक्खा मौसमका लागि परिचित ठाउँमा हिमपात हुनुलाई अनौठो मानिएको छ। सामान्यतया उक्त क्षेत्रमा भीषण वर्षा र असिना परेपछि यो हिमपात भएको हो। यसलाई यो क्षेत्रको...
अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान मंगलबार, कात्तिक २०, २०८१ डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । एनबीसी न्यूजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ। ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको जनाएका छन्।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु सोमबार, कात्तिक १९, २०८१ पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ।
अमेरिकी राष्ट्रपति निर्वाचन : ह्यारिस र ट्रम्पबीच इतिहासकै कडा टक्कर सोमबार, कात्तिक १९, २०८१ अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार हुने चुनावमा इतिहासकै कडा टक्कर हुने देखिएको छ। पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केहीअघि देखिएकी छन्।
दिल्ली विश्वकै प्रदूषित शहर, पाकिस्तानको लाहोरमा लकडाउन सोमबार, कात्तिक १९, २०८१ भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित शहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ। वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यू एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्यूआई प्लस यूएस रहेको छ।
इरानमा नग्न भएर किन घुमिन् विश्वविद्यालयकी छात्रा? आइतबार, कात्तिक १८, २०८१ इरानको राजधानी तेहरानमा एक छात्रा नग्न अवस्थामा घुमेको घटना सार्वजनिक भएको छ। रोयटर्सका अनुसार, यो घटना तेहरानको आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा शनिबार भएको हो। यहाँ विश्वविद्यालयकी एक छात्राले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेकी हुन्।
बंगलादेशमा धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा, हिन्दु समुदाय सडकमा आइतबार, कात्तिक १८, २०८१ बंगलादेशमा हिन्दु धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा दर्ता गरिएपछि अल्पसङ्ख्यक हिन्दु समुदाय सडमा ओर्लिएका छन्।
हिजबुल्लाह समूहका शीर्ष कमान्डर मारिए आइतबार, कात्तिक १८, २०८१ इजरायली सुरक्षा बल (आईडीएफ)को आक्रमणमा लेबनानी हिजबुल्लाह समूहका एक शीर्ष कमान्डर मारिएका छन्।
स्पेनमा भीषण बाढी: मृत्यु हुनेको संख्या २ सय नाघ्यो शनिबार, कात्तिक १७, २०८१ गत मंगलबार भ्यालेन्सिया नजिकैको चिभा सहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको थियो। बाढीबाट सडक, रेल मार्ग र पुल भत्किएका छन् । कैयौं फराकिला क्षेत्र जलाम्य भएका छन् । सडकहरूमा बाढीले बगाएर ल्याएका सवारीसाधनको थुप्रो छन् ।
सर्वेक्षण: राष्ट्रपतीय अभियानबारे ७० प्रतिशत अमेरिकी चिन्तित र निरास बिहीबार, कात्तिक १५, २०८१ धेरैजसो अमेरिकीले चुनाव हुने दिन आइपुग्दा उत्साह होइन चिन्तित देखिएका छन्। करिब १० मध्ये सात अमेरिकीले सन् २०२४ को राष्ट्रपतीय अभियानबारे चिन्तित वा निरास महसुस गरिरहेको बताएका छन्।
स्पेनमा राष्ट्रिय शोकको घोषणा बिहीबार, कात्तिक १५, २०८१ सेप्टेम्बर १९६६ पछिको सबैभन्दा भारी वर्षा भएको बताइएको छ। धेरै कारहरू बगाएको छ भने मगरो नदीको पुल डुबेको समाचारमा उल्लेख छ। स्पेनी सेनाको आपतकालीन प्रतिक्रिया युनाइटेड (यूएमई)का एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा उद्धारमा खटिएका छन्।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने सोमबार, कात्तिक १२, २०८१ बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ। बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका छन्।