News Griha :: न्यूजगृह
अमेरिकामा सुरु भयो मतदान

काठमाडौं— अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ। मार्टिन लुथर किङ लाइब्रेरीमा रहेको मतदान केन्द्रबाहिर बसेका बीबीसी संवाददाताले मतदान सुरु भएको बताएका हुन्।

अहिले त्यहाँ बिहानको करिब ७ बजिसकेको छ। बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै स्थानीय मतदाता लाइनमा बसिसकेका थिए।  स्थानीय समय बिहान ७ बजे सुरु भएको मतदान राति ८:३० बजेसम्म चल्ने बीबीसीले जनाएको छ। 

निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन्।  उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ट्रम्प रिपब्लिकन तथा ह्यारिस डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका हुन्। 

यस निर्वाचनबारे भएका केही सर्वेक्षणमा ट्रम्पभन्दा ह्यारिस थोरै अघि देखिएकी थिइन्। संसारकै महाशक्ति देश मानिने अमेरिकाको निर्वाचनलाई विश्वले उत्सुकतापूर्वक हेरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १९:०६
Weather Update