दुई दिनमा ३४ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?आइतबार, मंसिर ३०, २०८१

विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत शुक्रबार, मंसिर २८, २०८१ विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ।

४ सय अर्ब डलर नाघ्यो इलन मस्कको सम्पत्ति शुक्रबार, मंसिर २८, २०८१ इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ। सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो। यसले कम्पनीको कुल मूल्य लगभग ३५० अर्ब डलर पुर्याएको छ।
१२ सय रुपैयाँले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार? शुक्रबार, मंसिर २८, २०८१ बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर शुक्रबार, मंसिर २८, २०८१ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकले तय गरेको मूल्य अनुसार अमेरिकी डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ।

चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स बिहीबार, मंसिर २७, २०८१ वैदेशिक रोजगारमा जानेको संख्या समेत बढेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ।

बिहीबार सुनचाँदीको भाउ स्थिर बिहीबार, मंसिर २७, २०८१ नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

वीरगञ्जबाट डिजेल आयात घट्यो, राजस्व पनि घट्यो बिहीबार, मंसिर २७, २०८१ त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको...

सबैजसो विदेशी मुद्रा सस्तिए बिहीबार, मंसिर २७, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ।

अहिलेको आर्थिक प्रगतिसँग अर्थमन्त्री नै सन्तुष्ट छैनन् बुधबार, मंसिर २६, २०८१ अर्थतन्त्रको अहिलेको अवस्थाबारे आफू सन्तुष्ट नरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा सांसदहरू जस्तै आफू पनि सन्तुष्ट नरहेको बताए।

घट्ने भयो सिमेन्टको मूल्य बुधबार, मंसिर २६, २०८१ सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन्। बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।

लगातार ५ दिन घटेको नेप्सेमा सुधार, झण्डै ४६ अंकको वृद्धि बुधबार, मंसिर २६, २०८१ अघिल्लो दिनको तुलनामा यो १.७१ प्रतिशतले बढी हो । मंगलबार नेप्से २ हजार ६ सय ६९.८२ विन्दुमा बन्द भएको थियो । सो दिन कारोबारमा आएकामध्ये ११२ वटा कम्पनीको शेयरमूल्य बढ्यो, २८ वटाको घट्यो भने बाँकी ३ वटा कम्पनीको स्थिर रहयो ।

तीन दिनमा ४ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार? बुधबार, मंसिर २६, २०८१ नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार सय रुपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रुपैयाँ र बुधबार प्रतितोला दुई हजार रुपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला चार हजार पाँच सय रुपैयाँ बढेको हो।