News Griha :: न्यूजगृह
बर्दियाका यी क्षेत्रमा भारी वर्षा, थप वर्षा हुने पूर्वानुमान

काठमाडौं— पछिल्लो तीन घण्टामा बर्दियाको विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियाको रमभापुर, रानी वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको हो । यस क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यस क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बाढी आउन भएकाले तटीय क्षेत्रमा रहने स्थानीयबासीलाई सतर्क हुने आग्रह गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १०:४९
Weather Update