बाग्मती, नारायणी, कर्णालीलगायतका नदीहरूको जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले आज आइतबार बाग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह उच्च रहने बताएको छ ।
ती नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ०९:१५













