News Griha :: न्यूजगृह
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं— सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले पूर्वबाट पश्चिम–दक्षिण पश्चिमतिर सर्दै गएको वर्षा हुने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले भारी वर्षाको प्रक्षेपण गरिएको जनाएकाे छ ।

अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:४७
Weather Update