News Griha :: न्यूजगृह
आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, को बन्दैछ मन्त्री ?

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर डा.सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले न्यूजगृहलाई दिएको जानकारी अनुसार मन्त्रिपरिषद् आजै हेरफेरको तयारी छ । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ ।

प्रधानमन्त्री दाहालले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर देवीलाई मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:१२
Weather Update