News Griha :: न्यूजगृह
शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर एमालेमा प्रवेश

काठमाडौं— नेपाल शिक्षक महासंघकी केन्द्रीय अध्यक्ष कमला तुलाधर (२८ साउन) एमालेमा प्रवेश गरेकी छिन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका हुन् ।

सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए । 

तुलाधर यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य थिइन् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०६:४०
Weather Update