काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय २ रुपैयाँले बढेर आज प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
शनिबार घिउ सिमी, लोकल काँक्रो, भटमास कोसामा प्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ । यता परबरमा प्रतिकेजी ५ रुपैयाँ र डल्ले च्याउमा २० रुपैयाँले मूल्य घटेको छ ।
यस्तै, गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ६०, मुला रातो ४०, भन्टा लाम्चो ३५, मकै बोडी ७०, भटमास कोसा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ५०, परबर ४५, घिरौला २०, फर्सी पाकेको ५०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३३०, काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० रुपैयाँ हुँदा हरियो प्याज ९० रुपैयाँ न्यूनतम मूल्य कायम रहेको छ ।
समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फुजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवी ७००, मेवा ८० रुपैयाँ र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । हिजोको तुलनामा फलफूलमा आँपको मूल्य २० रुपैयाँ र मौसम प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ ।