लडाकु शिविर भ्रष्टाचारको पनि छानबिन गर्नुपर्छ : बाबुराम भट्टराई

बुटवल— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले तत्कालीन नेकपा माओवादी लडाकु शिविरमा भएको अनियमितताबारे पनि छानबिन हुनुपर्ने बताएका छन् ।
लडाकु शिविरसहित भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नु जरुरी रहेको अध्यक्ष डा.भट्टराईले बताएका छन् ।
बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्ने बताए ।
माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने भट्टराईकाे भनाइ छ ।
उनले भने,‘उच्चस्तरीय आयोग गठनका लागि संसदमा एमालेले उठाएको माग सैद्धान्तिक रूपले पनि ठिक छ,सबैलाई छानबिन गर्न सक्ने हैसियत भएको आयोग गठन गरेर सबै मुद्दाहरूको निष्पक्ष छानबिन गर्न जरुरी छ ।’
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १९:२८













