News Griha :: न्यूजगृह
सुन प्रकरणमा बोल्नेको मुख बन्द गराउन सुनिल शर्मालाई पक्राउ गरियो : केपी ओली 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा आवाज उठाएकै कारणले सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुन प्रकरणमा सबैको मुख बन्द गराउनकै लागि सुनिल शर्मालाई हत्कडी लगाइएको आरोप लगाएका हुन् ।

उनले भने,‘सरकारको आलोचना गरेपछि,अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेपछि, यसमा कमजोरी देखियो भनेपछि सुनिल शर्मालाई हत्कडी लगाइयो । एउटा पत्र एउटा कारिन्दाले पठायो । अर्को ठाउँको कारिन्दाले हत्कडी लगायो ।’

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:४१
Weather Update