सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्नू : अदालत

काठमाडौं— शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार दिउँसो पक्राउ गरेको थियो ।
शर्मासँगै पक्राउ परेका अन्यलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १८:२८