प्रधानमन्त्रीले भने— शिक्षा ऐन सच्याउनै पर्ने भयो
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक (शिक्षा ऐन बन्ने प्रक्रियामा) सच्याएर मात्र संघीय संसद्मा पेस गर्ने बताएका छन् ।
शुक्रबार (साउन २६ गते) स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिक्षा विधेयक सच्याएर मात्रै संसदमा पेस गर्ने बताएका हुन् ।
उनले भने,‘संघीय शिक्षा ऐन बनाउने कुरामा लामो समयदेखि थाती थियो । त्यसलाई अन्तिम रुप दिइँदै छ । र, मन्त्रिपरिषद्मा शिक्षा ऐन पारित गर्ने सन्दर्भमा ओरीजीनल शिक्षा ऐनको ठाउँमा डुब्लिकेशन आएको देखेपछि त्यसलाई रोकेर, त्यसलाई सच्याएर सदनमा पेस गर्ने भनेर सच्याउने प्रक्रिया सुरु भएको छ ।’
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १८:०२













