सप्तरीमा कार दुर्घटनाः एकको मृत्यु, तीन घाइते

सप्तरी— हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर– १ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा शुक्रबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइते तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ ०६:५४













