News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा बैठक अवरुद्ध गर्न एमालेलाई सत्ता पक्षको साथ
फाइल तस्बिर

काठमाडौं— शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध कायम राखेको छ ।

बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूलाई दलीय आधारमा समसामयिक विषयमा बोल्न समय दिएका थिए ।

यस क्रममा प्रतिपक्षीसँगै सत्ता गठबन्धन दलका सांसदहरूले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूची अगाडि बढाउन खोजेका थिए । यस क्रममा एमालेका सांसदहरूले उभिएर विरोध जनाएका थिए । 

अध्यक्षले विरोध जनाउनुको कारणबारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्ता पक्षका सांसदसमेत उभिएर बैठक अवरोध गरेका थिए ।

दुवै पक्षका सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडि बढाउन नसकिएको भन्दै स्थगित भएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:५६
Weather Update