News Griha :: न्यूजगृह
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित 

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानविन समिति गठन गर्नु पर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि स्थगित बैठक आगामी साउन ३१ गते दिउँसो बस्ने गरी स्थगित भएको हो ।

यसअघि एमाले सांसद विमला राई पौडेलले छानविन समिति बनाउनु पर्ने माग अनुपयुक्त नभएको बताइन् । ‘नेपाल प्रहरीले नेपाल प्रहरीको सबै भन्दा ठूलो निकायमाथि अनुसन्धान गर्छ ? हामीलाई आश्वस्त पार्नु पर्यो, हामी आश्वस्त नभएसम्म छानविन समिति बनाउ भन्नु अनुपयुक्त जस्तो मलाई लाग्दैन्,’ उनले भनिन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:४३
Weather Update