News Griha :: न्यूजगृह
सदन एमालेले होइन, सरकारले अवरुद्ध गरेको छ : सांसद न्यौपाने 

काठमाडौं— नेकपा एमालेका सांसद भगवती न्यौपानेले आफ्नो खुसीका लागि नभई देशको स्वाभिमान र संविधानलाई बचाउन सदनमा आवाज उठाउने गरेको बताएकी छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद न्यौपानेले नेपाली राजनीतिको इतिहासमा ब्रिफकेश खोसेर, कुर्सी उचालेर पनि विरोध भएको स्मरण गराउँदै आफूहरू देशको पक्षमा शान्तिपूर्ण तवरले प्रस्तुत भएको बताइन् ।

‘सदन अवरुद्धको विषयमा विभिन्न ढङ्गले कुरा उठाइएको छ, हामीले इतिहास देखेका हौँ, ब्रिफकेश खोसिएको र कुर्सी उचालिएको पनि देखेका छौँ, तर हामी त्यो तरिकाले प्रस्तुत भएका छैनौँ,’ उनले भनिन्, ‘हामीले जतिपटक सदन अवरुद्ध गरिरहेका छौँ, हामीले उठाएका विषय एकदम समसामयिक छ, सत्ता पक्षको तर्फबाट देशको स्वाभिमानको विरुद्धमा काम गर्दै गर्दा त्यसका विरुद्धमा, संविधानलाई बचाउन सदनमा आवाज उठाएका छौँ ।’

सांसद न्यौपानेले राज्यको निकायलाई अविश्वास गरेका नभई मन्त्रीहरूलाई पनि प्रश्न गर्ने समितिको मागलाई सरकारले वेवास्था गरेको भन्दै सदन अवरुद्ध प्रतिपक्षबाट नभई सरकारको तर्फबाट भएको दाबी गरिन् ।

सांसद न्यौपानेले नेपाललाई तस्करीको अखडा बनाउनबाट रोक्नका लागि उठाइएको आवाजको सुनुवाइ नभएपछि सरकारका मन्त्रीहरुको संलग्नता तथ्यसहित पुष्टि भएको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:३२
Weather Update