एमालेलाई जितेन्द्रको जवाफ : सदन अवरुद्ध गर्ने मामलामा खिइदै जानु भएको छ
1681729513.jpg)
काठमाडौं— नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सदन अवरुद्ध गर्नुको राज के हो भन्दै प्रतिपक्षी दललाई प्रश्न गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद देवले लामो समयदेखि देशको संसद अवरुद्ध हुनु अत्यन्त चिन्ताको विषय भएको बताए ।
‘के का लागि अवरुद्ध छ ? अवरुद्ध गर्ने दल र साथीहरूलाई म प्रश्न गर्न चाहन्छु आज मिडियाहरू पल्टाएर हेर्नुस, वुद्धिजीवीहरुको कुरा सुन्नुस,’ उनले भने, ‘अन्य दलहरूको कुरा सुन्नुस तपाईहरू दिन प्रतिदिन अवरुद्ध गर्ने मामलामा खिइदै जानु भएको छ, एकल हुँदै जानु भएको छ, के का लागि यो हुँदै छ ? के राज छ ? के रहस्य छ ?’
यदि, सदन अवरुद्ध विघटन र निस्क्रिय हुन्छ भने ‘डेमोक्रेसी स्लिप’ हुने दिशामा जाने उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १२:२५













