News Griha :: न्यूजगृह
सरकारले राम्रो काम गरिरहँदा सदन अवरुद्ध नगरु : सांसद बेलवासे

काठमाडौं— राष्ट्रिय सभा सदस्य गंगा कुमारी वेलबासेले देशमा कालोबजारी मौलाएको बताएकी छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद बेलवासेले चामल निकासमा प्रतिबन्ध लगाउने बहानामा देशमा कालोबजारी भइरहेको बताएकी हुन् ।

‘चामल निकासमा प्रतिबन्ध लगाउने बहानामा देशमा कालोबजारी भइरहेको छ,’ उनले भनिन्, ‘महंगी बढिरहेको छ, ती मंहगीलाई नियन्त्रण गर्नका लागि र बजारलाई अनुगमन गर्न सरकारले तदारुकता देखाएकै छ भन्ने छ, तर प्रभावकारिता देखिएको छैन ।’

सांसद बेलवासेले यसरी निरन्तर सदन अवरुद्ध गर्ने कुरामा प्रतिपक्षले आफूलाई सच्याउन आवश्यक भएको बताइन् 

सदन प्रति आफूलाई उत्तरदायी बनाउने र जनताको आवाज उठाउन, सुन्न र सरकारले राम्रो काम गरिरहेको बेला त्यसको विरोध गर्न नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:१६
Weather Update