News Griha :: न्यूजगृह
मिटरब्याजी पीडित र सरकारी वार्ता टोलीबीच तेस्रो चरणको छलफल आज 

काठमाडौं—मिटरब्याजी पीडित र सरकारी टोलीबीच शनिबार छलफल हुँदैछ ।

शुक्रवार गृह मन्त्रालयमा शनिवार ११ बजे पुनः वार्ता गर्नेगरी छलफल टुंगिएको थियो । मिटरब्याज पीडित संघर्ष समिति संयोजक मनोजकुमार पासवानले आफूले देशकै गम्भीर समस्या उठाएकाले यसमा सबैको साथ रहनुपर्ने बताए ।

उनले भने, ‘पूरा सहमति त भएन, हाम्रो १० बुँदे माग थियो, त्यही मागमाथि गम्भीर छलफल भइरहेको छ, सकारात्म कुरा आएको छ । यो चानचुने समस्या होइन, गम्भीर समस्या भएकाले समय लागेको छ ।’

मिटरब्याज पीडितसँग शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललेसमेत भेट गर्दैछन् । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०६:२२
Weather Update