News Griha :: न्यूजगृह
मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग शनिबार बिहान ८ बजे छलफल गर्ने भएका छन् ।

काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा छलफल गर्न लागेका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका छन् । 

मिटरब्याज पीडितले केही दिनदेखि संघीय राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०६:११
Weather Update