उपनिर्वाचन
तीन भाइले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले शनिबार दिउँसो एकसाथ पत्रकार सम्मेलन गर्दै छन् ।
दिउँसो ४ बजे रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन हुने सभापति लामिछानेले बताए । पत्रकार सम्मेलनमा आगामी १० वैशाखमा तय भएको उपनिर्वाचनलगायत विषयमा जानकारी गराइने छ ।
वाग्ले नेपाली कांग्रेस परित्याग गरि रास्वपा प्रवेश गरेका हुन् ।वाग्लेले उपनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिदै छन् भने बारा २ बाट खेरल लड्ने भएका छन् । अध्यक्ष लामिछाने चितवन २ बाट उठ्दैछन् । खरेल सुशासन पार्टी अध्यक्ष हुन् ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ ०६:०१













