ग्रामीण भेगसम्म भौतिक विकास अपरिहार्य छ : शहरी विकासमन्त्री

काठमाडौं— नवनियुक्त शहरी विकासमन्त्री सीता गुरुङले मन्त्रालयको कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
सिंहदबारस्थित मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताइन् ।
मन्त्री गुरुङले स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रसँग मिलेर काम गरेर नै परिणाम प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘मन्त्रालयको काम गर्ने धेरै ठाउँ छ । ग्रामीण भेगसम्म पुगेर भौतिक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता छ ‘टीम वर्क’का साथ परिणाम निकाल्ने गरी काम गर्न सबै केन्द्रित हुनुपर्छ ।’
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ २२:११













