News Griha :: न्यूजगृह
नेविसंघकाे असन्तुष्ट समूहले लगायाे कार्यालयमा ताला

काठमाडौं— नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीको समूहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् ।

अन्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समूहले बिहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो भने दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेकाे छ ।

उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरी निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १८:२३
Weather Update