News Griha :: न्यूजगृह
शिक्षा विधेयक हुबहु पारित नगर्न आग्रह 

काठमाडौं— नेता हृदयेश त्रिपाठीले प्रस्तावित शिक्षा विधेयक हुबहु पारित भए माध्यमिक शिक्षामा भएको खर्बौं लगानी ध्वस्त हुने टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा बाेल्दै त्रिपाठीले माध्यमिक शिक्षाको अधिकार पालिकालाई दिँदा व्यवस्थापन,शिक्षकको सरुवा,बढुवा,दण्ड र पुरस्कार दिने कुरामा राजनीतिक प्रतिशोधको वातावरण बन्ने बताए ।

उनले शिक्षाको गुणस्तर अझ कमजोर भएर जाने बताउँदै निजी क्षेत्रको खर्बौं लगानीलाई ट्रस्टमा लैजाने कुराले शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भनाइ राखे ।

पूर्वमन्त्रीसमेत रहेका त्रिपाठीले विद्यालय शिक्षा विधेयक फिर्ता लिएर यसको पूर्ण संशोधन वा परिमार्जन नगरी अघि बढाउन नहुने औंल्याए ।

‘सरकारले यसमा जुँगाको लडाइँ नगरीकन विधेयक फिर्ता लिनुपर्छ । मूल नै बिग्रियो भने प्रदेश र पालिकाका कानुन झन् बिग्रन्छन्,’ त्रिपाठीले भने ।  

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:२८
Weather Update