News Griha :: न्यूजगृह
अनौठो नियमः जहाँ एउटै सवारी साधनमा यात्रा गर्ने महिला-पुरुषलाई कोर्रा हानिन्छ
The Guardian

काठमाडौं— इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । 

पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई एउटै सवारी साधन र सार्वजनिक स्थानमा नबस्न आदेश दिएको हो ।

स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । 

एकान्त, सार्वजनिक र सवारी साधानमा विवाह नगरेका नारी पुरुष बस्न नपाइने परिपत्र गत साता जारी गरिएको हो ।

दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयास स्वरुप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताए । इस्लामिक धर्म गुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले स्पष्ट गरेका छन् ।

सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित आचे इस्लामिक कानून लागू गर्ने विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुस्लिम बहुल देशको एक मात्र प्रान्त हो । एजेन्सीको सहयोगमा

व्यापक आलोचनाको बाबजुद उक्त आदेश कार्यान्वयनको प्रयास भएको छ । जकार्ताले दिएको व्यापक स्वायत्तताअन्तर्गत शरिया कानुन भएको आचेमा जुवा खेल्ने, मदिरा सेवन गर्ने र विवाह बाहिर पनि सम्बन्ध राख्नेलगायतका अपराधमा सार्वजनिक रूपमा कोर्रा हानिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:१०
Weather Update