News Griha :: न्यूजगृह
रवि, स्वर्णिम र रमेशले शनिबार पत्रकार सम्मेलन गर्ने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अर्थशास्त्री डा.स्वर्णिम वाग्ले र पूर्वप्रहरी रमेश खरेलले शनिबार एकसाथ पत्रकार सम्मेलन गर्ने भएका छन् ।

शनिबार दिउँसो ४ बजे रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलनकाे तयारी रहेको सभापति लामिछानेले बताए ।

पत्रकार सम्मेलनमा आगामी वैशाख १० गते तय भएको उपनिर्वाचनलगायतका विषयमा जानकारी गराइने बताइएको छ ।

वाग्ले नेपाली कांग्रेस पार्टी परित्याग गर्दै रास्वपा प्रवेश गरेका हुन् भने खरेल सुशासन पार्टीबाट आस्वपा आएका हुन् । उनी पूर्वप्रहरीसमेत हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:२६
Weather Update