
काठमाडौं— ट्याक्सी चालकहरू आन्दोलित भएका छन् ।
बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी तेर्स्याएर चालकहरूले भाडाको काम गर्ने निजी सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।
 (1).jpg)
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलिपकुमार श्रेष्ठले निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति असन्तुष्टि रहेको बताए ।
‘निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेको छ । त्यो यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित छ । त्यो विपरित कार्य गर्न पाइँदैन । हामीले पटकपटक ज्ञापन पत्र बुझायौँ । तर कार्यान्वयन गर्छौँ गर्नुभयो, तर कार्यान्वयन भएन । यो सरासर कानून अनुसार गलत छ । हाम्रा माग आम सर्वसाधारणले पनि थाहा पाउन् भनेर माग गर्न विरोध गरेका हौँ,’ उनले भने ।
.jpg)
त्यस्तै, उनीहरूले काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गर्न माग गरेका छन् । साँचो खोस्ने, चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने पनि उनीहरूको माग छ ।
 (5).jpg)













