News Griha :: न्यूजगृह
तनहुँ र बारामा २६ दल दर्ता

काठमाडौं— निर्वाचन आयोगले आगामी वैशाख १० मा  हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।

उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार  २६ राजनीतिक दल दर्ता भएका छन् ।

चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।

उपनिर्वाचनका लागि तोकिए बमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २०:५४
Weather Update