News Griha :: न्यूजगृह
भैँसे–भीमफेदी सडक पुनः सञ्चालन
फाइल तस्बिर

काठमाडौं— पहिरोका कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने मार्गअन्तर्गत भैँसे–भीमफेदीको सडक पुनः सञ्चालनमा आएको छ । सडक बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो ।

गए राति वर्षासँगै खसेको पहिरोले अवरुद्ध उक्त सडक खण्डमा बिहीबार बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसेर यातायात अवरुद्ध बनेको थियो । 

लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाएर यातायात सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ११:२५
Weather Update