‘रक्षा मन्त्रालयको ठूलो महत्त्व छ’

काठमाडौं— नवनियुक्त उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् ।
उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि शुक्रबार मन्त्रालयमा पदबहालीका क्रममा उनले भने,‘मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेना मार्फत् अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।’
मुलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राण्ननीतिक महत्त्व रहेको धारणा व्यक्त गरे ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ २०:२२













