कञ्चनपुरमा भारी वर्षा

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुरमा अति भारी वर्षा भएको जनाएको छ ।
कञ्चनपुरको शान्तिपुर, बेलौरी आसपासको क्षेत्रमा अति भारी वर्षा भएको हो ।
उक्त क्षेत्र भएर बहने सुहेली, चौधर खोलालगायत साे जिल्लाको साना खहरे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने सम्भावना रहेको छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा बिहानसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० ०६:००













