News Griha :: न्यूजगृह
स्थायी गर्न माग गदै शिक्षकहरूले बुझाए मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई ध्यानाकर्षण पत्र

काठमाडौं—‘टेक्निकल टिचर्स एशोसिएशन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ ।

सो संस्थाले बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षण पत्र दिई उक्त माग राखेको हो । संस्थाले केही दिनअघि शिक्षामन्त्री अशोक राईलाई पनि ज्ञापनपत्र दिएको थियो ।

वि.सं.२०७० देखि ९९ विद्यालयबाट सञ्चालन भएको सो धारमा हाल पाँच सय ३१ भन्दा बढी विद्यालयमा पाँच विषयको पढाइ भइरहेको छ ।

यस धारका प्रशिक्षक, सहायक प्रशिक्षक, प्रशिक्षक सहायक तथा विज्ञान शिक्षकको स्थायित्वमा हालसम्म सरकारले चासो नदेखाएकाले पनि अनुदान करारमै बस्नुपर्ने बाध्यता रहेको एशाेसिएशनका अध्यक्ष ई.केदारनाथ दाहालले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २०:२०
Weather Update